मुख्यमन्त्री शाह र सेना प्रमुख सिग्देलबिच भेटवार्ता, के भयो कुराकानी ?

dream cafe
learnar

धनगढी : सुदूरपश्चिमा मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गर्नु भएको हो।

GBL NEW

सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ। त्यसको लागि उनी कैलाली पुुगेका हुन्।

भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

भेटघाटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका थिए।

यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.