नेविसंघका लागि चन्दा संकलन गर्दै डडेल्धुराका विवादित वन अधिकृत सिंह [प्रमाणसहित]

dream cafe
learnar

डडेल्धुरा: डिभिजन वन कार्यालय डडेल्धुराका एक वन अधिकृत नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका लागि आर्थिक संकलन गरिरहेको खुलासा भएको छ।

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि वन अधिकृत रणेन्द्र सिंह आर्थिक संकलन गरिरहेका हुन्।

Amargadhi Education

सामाजिक सञ्जालमा सार्वजनिक स्कृन सर्टमा सिंहले नेविसंघ डडेल्धुराले नेपाली कांग्रेस निकट कर्मचारी युनियनसँग आर्थिक सहयोग गर्न आग्रह गरेको भन्दै रकम संकलन गरेका थिए।

उनले ग्लोबल बैंकमा रहेको आफ्नो व्यक्तिगत खातामा आर्थिक संकलन गरिरहेका छन्।

सिंह कांग्रेस निकट कर्मचारी युनियनका अध्यक्षसमेत हुन्, र उनले युनियनकै समूहमा आर्थिक सहयोगको अपिल गरेको बताइएको छ।

अजयमेरु फाैजी केरा

तर, यो कुरा बाहिर आएपछि उनले आफ्नो बचाउ गर्दै भने, “मैले सामाजिक सञ्जालमा होइन, युनियनको ग्रुपमा मात्र म्यासेज राखेको हुँ। कसैले बाहिर ल्याएको हो। चुनावपछि सहयोग गर्ने भन्ने हो।”

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले यस घटनाबारे आफू बुझ्ने प्रतिक्रिया दिएका छन्।

उनले स्ववियु चुनाव निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारी कर्मचारीले आर्थिक संकलन गर्न नपाउने स्पष्ट पारे।

विवादास्पद कर्मचारीको रूपमा सिंह
वन अधिकृत सिंह लामो समयदेखि विवादमा रहँदै आएका छन्। उनी छ वर्षभन्दा बढी समयदेखि डडेल्धुरामै कार्यरत छन्, जुन सरुवा प्रणालीको मर्मविपरीत हो।

गत १४ कात्तिकमा सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनलाई डिभिजन वन कार्यालय कञ्चनपुर सरुवा गरेको थियो।

तर, उनी शक्ति केन्द्रको प्रभावमा परेर हालसम्म डडेल्धुरामै बसिरहेको आरोप छ। सरुवा प्रक्रियामा उनले चलखेल गर्दै आएका छन् भन्ने कुरा यसअघि पनि उठ्दै आएको थियो।

निष्पक्ष चुनाव र प्रशासनको जिम्मेवारी सरकारी कर्मचारीहरू दलविशेषको गतिविधिमा संलग्न हुनु गैरकानुनी मात्र होइन, निष्पक्ष प्रशासनिक प्रणालीका लागि पनि चुनौतीपूर्ण विषय हो।

यस्तो घटनाले सरकारी संयन्त्रको विश्वसनीयता र निष्पक्षतामा प्रश्न उठाउने देखिन्छ। अब प्रशासनले यसबारे के कदम चाल्छ भन्ने चासोको विषय बनेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.