गाईमाथि अत्याचार गर्नेहरू बाजुरा प्रशासनको निशानामा, वडाध्यक्ष सदरमुकाम झिकाइँदै

Alital gaupalika
Jaladhar

बाजुरा : गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका- ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ।

स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो।

वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ।

Ghatal Sta

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए।

‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ पाध्याले भने, ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन्।’

स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए।

प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ।

‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन।’

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.