डडेल्धुरामा ‘रमसिला तेल’ बजारमा

dream cafe
learnar

डडेल्धुरा : फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ।

आज (शनिबार) आयोजित कार्यक्रममा उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो।

Amargadhi Education

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेका थिए।

फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक छ।

कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पादन बजारमा ल्याएको उनले बताए।

तेलसँगै सोयाबिनको उत्पादन तथा बिक्री पनि सुरु गरिएको ऐरले जानकारी दिए।

अजयमेरु फाैजी केरा

कम्पनीले छिट्टै डडेल्धुरालगायत सुदूरपश्चिमका विभिन्न बजारहरूमा तेल उपलब्ध गराउने योजना बनाएको छ।

रमसिला तेलको उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने अनुमान गरिएको छ।

यसले कृषि उपजको मूल्यवृद्धि गर्ने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ।

तेलको नाम ‘रमसिला’ डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको ऐतिहासिक रमसिला धाराबाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ।

जनविश्वास अनुसार, भगवान राम वनवास जाँदा तिर्खा लागेपछि उनले बाण हानेर पानी निकालेको ठाउँ नै रमसिला धारा हो।

२०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो।

यसको अवधारणा भने सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले ल्याएका हुन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.