अवकाशअघि आईजीपी कुँवरले पीएसओलाई बनाए चापागाउँको इन्चार्ज

dream cafe
learnar

काठमाडौं : दुई दिनपछि अवकाशमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सरुवा–बढुवामा व्यस्त छन्।

सामान्यतया अवकाशको एक महिनाअघि बिदा बस्ने र त्यो वातावरण नमिलेमा आईजीपीले शान्ति सुरक्षा र सामान्य प्रशासनिक काम मात्र गर्ने प्रचलन छ।

GBL NEW

शुक्रबारबाट उनले डिएसपी र इन्सपेक्टरको काज सरुवा गरेका छन्। तर, कुँवरले दैनिकजसो सरुवा–बढुवाका निर्णय गरिरहेका छन्।

आफ्नै पीएसओका रुपमा कार्यरत यमकुमार श्रेष्ठलाई ललितपुरको चापागाउँ वृत्तको इन्चार्जमा खटाएका छन् भने अर्का इन्सपेक्टर सन्तोष न्यौपानेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्रमुखमा खटाइएको छ ।

तीन दिनअघि मात्र दुई डिएसपीलाई एसपीमा बढुवा गरिएको थियो। हप्तैपिच्छे डिएसपी र इन्सपेक्टरको काज निकालिएको छ ।

सामान्यतया असारमा हुने बिशेष बढुवा उनले चैतमै गरेका छन्।

त्यसमा पनि सचिवालय र निवासमा बसेका प्रहरीलाई सगठनकै उत्कृष्ट काम गरेको भनेर बढुवा गर्दा आईजीपी कुँवरको साख समेत अवकाशको मुखमा गिरेको छ।

जबकी प्रहरीका नियमित सरुवा गर्न भने उनी असफल भए। धेरै जिल्लाका एसपीको अवधि १३ महिना पुग्दा पनि सरुवा हुन सकेको छैन ।

तर, अवकाशअघि आफु निकट केही एसपीको काज सरुवा गर्ने उनले प्रयास गरेपनि गृह मन्त्रालयले रोकेको स्रोत बताउँछ। इन्सपेक्टर रिक्त सिटमा पनि बढुवा गर्न उनी असफल भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.