बोहरा मेडिको सेन्टर

डडेल्धुरामा निशुल्क परिवार नियोजन शिविर संचालन हुने

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा सन्तान संख्या पूरा गरेका पुरुष तथा महिलाहरूलाई लक्षित गरी निशुल्क परिवार नियोजन शिविर संचालन गरिने भएको छ।

आगामी चैत १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने शिविरमा  परिवार नियोजन सेवाहरू प्रदान गरिनेछ।

CNA

स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन अधिकृत भवानी कुँवरका अनुसार, शिविर चैत १ र २ गते डडेल्धुरा, चैत ४ गते आलिताल स्वास्थ्य चौकी गोदाम, र चैत ५ गते जोगबुडा अस्पतालमा सञ्चालन हुनेछ।

GBL NEW

शिविरमा महिलाहरूका लागि पाखुरामा राख्ने इम्प्लान्ट सेवा र पाठेघरमा राख्ने आईयूसीडी सेवा उपलब्ध गराइनेछ। पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा उपलब्ध गराइनेछ।

यस सेवाबाट इच्छुक महिलाहरूले आधुनिक, सुरक्षित, र दीर्घकालीन परिवार नियोजन सेवा प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य कार्यालय डडेल्धुराको सहकार्यमा सञ्चालन हुन लागेको यो शिविरमा सुनौलो परिवार नियोजन नेपालले पनि साथ दिएको छ।

स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिएको यस शिविरमा लक्षित समूहका व्यक्तिहरूले सहभागिता जनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.