बोहरा मेडिको सेन्टर

बोहराको नेतृत्वमा डडेल्धुरामा स्ववियु निर्वाचन जित्ने संयुक्त प्यानलको दाबी, प्रतिबद्धतापत्र सार्वजनिक

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा होमिएको संयुक्त प्यानलले आफ्नो प्रतिबद्धताहरू सार्वजनिक गरेको छ।

संयुक्त प्यानलले बुधबार बिहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनमार्फत १६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

CNA

पत्रकार सम्मेलनमा संयुक्त प्यानबाट सभापति पदका उम्मेदवार मदनबहादुर बोहरा (एमबी) ले प्रतिबद्धता सार्वजनिक गरे।

प्यानलमा नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा (माओवादी केन्द्र) निटक अखिल (क्रान्तिकारी), बीपी काँग्रेस निकट नेविसंघ विपीले संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन्।

संयुक्त प्यानलबाट सभापतिको उम्मेदवारमा नेविसंघ बीपीका मदनबहादुर बोहरा, सचिवमा राजन कैनी (अनेरास्ववियु), कोषाध्यक्षमा जयकला विक (अखिल क्रान्तिकारी) छन्।

सदस्यमा सुनिता सोनी, निरज भुल, जयन्ती विष्ट, सरस्वती भट्ट र दिप्ती ऐरले उम्मेदवारी दिएका छन्।

GBL NEW

समानुपातिकमा पनि तीनै विद्यार्थी संगठनले भागबण्डा गरेर उम्मेदावरी दर्ता गराएका छन्।

डडेल्धुरामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एकमात्र आंगिक क्याम्पसको रूपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा चैत ५ गते निर्वाचन हुँदैछ।

संयुक्त प्यानलले चुनाव जित्ने दाबी पनि गरेको छ। ५५२ जना मतदाता रहेकामा ३५० विद्यार्थी आफूहरुको पक्षमा रहेकोले उनीहरूको दाबी छ।

सभापति पदका उम्मेदवार बोहराले आफूहरूको प्रतिस्पर्धा अरु कसैसँग नभएर क्याम्पसको समस्या र विद्यार्थीहरूका हकहितसँग रहेको बताए।

निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ।

संयुक्त प्यानलका बोहरासँग सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गौरव ऐर र स्वतन्त्र समूहका कर्ण धामी भिड्दैछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.