डडेल्धुरा क्याम्पसमा स्ववियु चुनाव: त्रिपक्षीय प्रतिस्पर्धा, ऐर, बोहरा र धामी भिड्दै

डडेल्धुरा :  डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेस वीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट  अखिल क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

यस पटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

५ चैतमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यतालिका रहेको निर्वाचन अधिकृत नरेन्द्रराज भट्टले जानकारी दिए।

प्रमुख तीन उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

Leave A Reply

Your email address will not be published.