धनगढी पुगेर पूर्व राजा लक्षित देउवाको टिप्पणी: असम्भव कुरै नगरौं

dream cafe
learnar

डडेल्धुरा : सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय लगानीबाट नेपालमा राजसंस्था फर्किन असम्भव रहेको टिप्पणी गरेेका छन्।

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसैले उचाल्दैमा कोही उचालिन आवश्यक नरहेको बताए।

GBL NEW

हिजो पूर्व राजाको स्वागत कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रदर्शन भएको सन्दर्भमा सोधिएको प्रश्नमा देउवाको यस्तो प्रतिक्रिया आएको हो।

‘भारतले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिएको छैन, तपाईलाई पनि समय दिएन भन्ने चर्चा छ, तर पूर्व राजालाई भारतले नै उचालेको भन्ने छ नि ?’ पत्रकारको प्रश्नको छोटो जवाफमा देउवाले भने, ‘कसैले उचालेर उचालिने कुरै छैन, असम्भव कुरै नगरौँ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले हिजो काठमाडौँ केही कार्यक्रम नै नभएको बताउँदै पूर्व राजालाई कटाक्ष पनि गरे।

‘मैले त कुनै माहोल देखेको छैन, हिजो काठमाडौँमा पनि केही भएको होइन’, उनले थपे।

Ddl dental
Leave A Reply

Your email address will not be published.