शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअसँग अन्तरक्रिया

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरामा माध्यमिक विद्यालय (कक्षा ९-१२) को शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको सभाहलमा सम्पन्न एक दिने अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षण पद्धति सुधार, विद्यार्थीको शैक्षिक उपलब्धि वृद्धि तथा गुणस्तरीय शिक्षाका विषयमा छलफल गरिएको थियो।

Bohora madico

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले शिक्षक सुत्यो भने विद्यार्थीको भविष्य बिग्रिने बताउँदै शिक्षकले गुणस्तर बढाउन दाैडिनु पर्ने बताए।

विद्यार्थीको भविष्य बनाउन प्रअको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो।

उनले गुणस्तर सुधारका लागि सरकारी र गैरसरकारी संस्थाले काम गरिरहेको जिकिर गरे।

HARDIK AGRo NEw

देश बिगार्न  शिक्षाको गुणस्तर बिगारे पुग्ने बताउँदै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपानेले देश सुधार्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

उनले भौतिक संरचना मात्र नभएर गुणस्तर शिक्षामा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई अनुरोध गरे।

पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले शिक्षकसेवा पास गरेका दक्ष शिक्षक सामुदायिक विद्यालयमा भएपनि संस्थागत विद्यालयमा गुणस्तर राम्रो देखिने गरेको बताए।

उनले भाैतिक संरचनामा मात्रै प्रअले जोड दिने गरेको तर शैक्षिक गुणस्तरमा ध्यान नदिँदा गुणस्तर खस्किदै गरेको बताए।

सामाजिक कार्यालयका कार्यालय प्रमुख राधाकृष्ण जोशीले शिक्षाको गुणस्तर खस्किनुमा शिक्षकको मात्रै दोष नभएको बताए।

विभिन्न कारणले शिक्षाको अवस्था खस्केको बताउँदै उनले असल अभ्यासका बारेमा छलफल आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले शिक्षण सिकाइ प्रभावकारी बनाउन नवीनतम प्रविधि र नीति कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।

साथै, विद्यालय स्तरमा देखिएका समस्या समाधानका लागि समन्वय आवश्यक रहेकोमा समेत छलफल गरिएको थियो।

शिक्षा क्षेत्रको विकासका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू आवश्यक रहेको भन्दै सहभागीहरूले आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.