नवदुर्गामा नि:शुल्क स्वास्थ्य शिविर : २३ सय बढीले लिए सेवा

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिकाद्वारा सञ्चालन भएको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

फागुन ११ गतेदेखि सुरु भएको स्वास्थ्य शिविर आज सम्पन्न भएको हो।

Amargadhi Education

नवदुर्गाका ५ वटै वडामा सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय ५८ जनाले सेवा लिएको पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।

अजयमेरु फाैजी केरा

उनले शिविर सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, डडेल्धुरा अस्पताल, नवदुर्गा आँखा उपचार केन्द्र, पालिका अन्तरगतका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेवीका लगाएतलाई धन्यवाद दिए।

अध्यक्ष अवस्थीका अनुसार दश दिनसम्म सञ्चालन भएको एकिकृत नि:शुल्क स्वास्थ्य शिविरमा मोतिबिन्दु स्क्रिनिङ गरिएका आँखाका बिरामीहरूको केही दिन लगत्तै सूचना प्रकाशन गरि अप्रेसन गरिने छ।

नवदुर्गा स्वास्थ्य शाखामा कार्यरत दिपेन्द्र विष्टले शिविरमा २६७ जनाले दन्त सेवा, १ हजार एकसय ९० जनाले आँखा उपचार सेवा, १४८ जनाले  मोतिबिन्दु स्क्रिनिङ, ६४७ जनाले भिडियो एक्सरे सेवा, ४२९ जनाले प्रजनन रुग्णता सेवा, ५८० जनाले ल्याब सेवा, २८९ जनाले नसर्ने रोग स्क्रिनिङ सेवा लिएको जानकारी दिए।

उनले बेेलापुर स्वास्थ्य चौकीमा मौसम खराबिका कारण सेवा अबरुद्ध हुन गएकोमा २२ गतेका लागि आँखा उपचार सम्बन्धि सेवा थप गरिएको बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.