प्रधानमन्त्री कप क्रिकेटमा डडेल्धुरामाथि बैतडीको शानदार जीत

dream cafe
learnar

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले शानदार सुरूआत गरेको छ।

सुखद सुरूआत गर्ने क्रममा बैतडीले डडेल्धुरामाथि ८८ रनको शानदार जित निकाल्यो।

Amargadhi Education

बैतडीले दिएको २५६ रनको लक्ष्य पछ्याउने क्रममा डडेल्धुरा ३४.३ ओभरमा १६७ रनमा अलआउट भयो।

जसमा अर्जुन विकले अर्धशतकीय पारी खेल्दै ५३ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन्।

अजयमेरु फाैजी केरा

बलिङतर्फ बैतडीका कप्तान वसन्त खत्रीले ४ र सचिन भट्टले ३ विकेट लिए।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३९.४ ओभरमा २५५ रनमा समेटियो। बैतडीका लागि सुनिल चन्दले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक हिर्काए।

म्यान अफ द म्याच समेत भएका सुनिलले ९३ रन हिर्काएका स्कोरर गजेन्द्र चन्दले जानकारी दिए।

डडेल्धुराका अर्जुन विकले ३,कैलाश ऐर र निरज ऐरले २र२ विकेट झारे।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता फागुन २१ गते सम्पन्न हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.