कञ्चनपुरका ओझा नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त

डडेल्धुरा : सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

ओझासँगै रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरिएको थियो।

Alital

क्रमानुसार पहिलो नम्बरमा सिफारिस ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो।

ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रका उच्च व्यवस्थाकी तहमा काम गरेको अनुभव छ ।

उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गर्नुका साथै पर्यटन नीति २०८१ निर्माणमा संलग्न, नीतिगत तथा कानुनी परामर्शदाताका रुपमा पनि काम गरेका छन् ।

उनले व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा स्नातक समेत गरेका छन् ।

कञ्चनपुरका ३३ वर्षीय ओझा व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणका रुपमा समेत रहेका छन् ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.