बोहरा मेडिको सेन्टर

इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरण : सिनियर इन्सपेक्टर जोशीविरुद्ध किटानी जाहेरी

डीआईजीको नेतृत्वमा अनुसन्धान समिति

dream cafe
learnar

काठमाडौं :कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेको घटना सशस्त्र प्रहरीले छानबिन गर्ने भएको छ।

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

CNA

उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सुदस्यीय छानबिन समिति गठन गरेको हो।

सन्तोषीका परिवारले भने आत्महत्या दुरुत्साहनको आरोपमा अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएका छन्।

GBL NEW

उनी महतभन्दा एक ब्याच सिनियर हुन्। उनीविरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ।

इन्सपेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन्।

सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्।

सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।

तर, तालिम सकेर काममा फर्किन नपाउँदै मृत भेटिएकी हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.