काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफीको आयोजक तथा डिफेन्डिङ च्याम्पियन पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार दुबईमा भारतसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना समाप्त भएको हो ।
पाकिस्तानले आइतबार समूह चरणमा लगातार दोस्रो व्यहोरेको छ । पहिलो खेल कराँचीमा न्युजिल्यान्डसँग पराजित भएको पाकिस्तान दोस्रो खेलमा आइतबार दुबईमा भारतसँग ६ विकेटले पराजित भयो ।
अब पाकिस्तानले बंगलादेशसँग खेल्न बाँकी छ । यस्तै भारतले न्युजिल्यान्डसँग खेल्न बाँकी छ, बंगलादेशले न्युजिल्यान्डसँग खेल्नेछ ।

दुवै खेल जितेको भारत सेमिफाइनलमा पुगेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान २४१ रनमा अलआउट भएको थियो । जवाफमा भारतले ४ विकेटको क्षतिमा ४२.३ ओभरमै लक्ष्य पूरा गर्यो ।
भारतका लागि विराट कोहलीले नटआउट १०० रन बनाए । यस्तै श्रेयस अय्यरले ५६ रन बनाए भने शुभमन गिलले ४६ रनको योगदान दिए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई विकेट लिए भने अरबार अहमद र खुशदिल शाहले एक एक विकेट लिए ।
त्यसअघि पाकिस्तानका लागि साउद शकिलले ६२ रन बनाएका थिए । भारतका लागि कुलदिप यादवले तीन विकेट लिएका थिए ।