काठमाडौं : चितप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आइतबार आईसीसी च्याम्पियन्स ट्रफीको समूह चरणको खेल भइरहेको छ ।
दुबईमा पाकिस्तानले जित्नैपर्ने दबाबपूर्ण खेलमा २४१ रन बनाएको छ । अन्तिम दुई बल बाँकी रहँदा पाकिस्तान अलआउट भयो ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर पहिला ब्याटिङको निर्णय लिए पनि पाकिस्तानी ब्याटरले चुनौतीपूर्ण स्कोर बनाउन सकेनन् ।
पाकिस्तानका लागि साउद शकिलले सर्वाधिक ६२ रन बनाए भने कप्तान रिजवानले ४६ रनको योगदान दिए । यस्तै, खुशदिल शाहले ३८ रन बनाए भने बाबर आजमले २३ रन बनाए ।
समूह ‘बी’मा रहेको पाकिस्तान आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । अब भारतविरुद्धको खेलमा पराजित भए ऊ सेमिफाइनलमा पुग्ने सम्भावना लगभग सकिन्छ ।
भारतले भने पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो । समूहमा नेटरनरेटमा पनि पाकिस्तान सबैभन्दा कमजोर छ ।