च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै

dream cafe
learnar

काठमाडौं : च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्।

भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

बोहरा मेडिको सेन्टर

च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा प्रतिस्पर्धा गर्नेछ।

आयोजक पाकिस्तान भए पनि भारत क्रिकेट खेल्न पाकिस्तान नजाने भएपछि केही खेल युएईमा हुँदैछन्।

GBL NEW

भारत र पाकिस्तानको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै दुई अंक जोडिसकेको छ। पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो।

यता पाकिस्तानले भने पराजयबाट ट्रफीको सुरुवात गरेको छ। उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो।

प्रतियोगिताको आयोजक पाकिस्तानमाथि भारतलाई जित्नै पर्ने दबाब छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.