डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको भलिबल प्रतियोगिता

dream cafe
learnar

डडेल्धुरा : नेपाल विद्यार्धी संघले डडेल्धुरा बुहमुखी क्याम्पसमा आन्तरिक छात्र र छात्रा भलिबल प्रतियोगिता सञ्चालन गरेको छ।

आज (शनिबार) देखि क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य बनाउन खेलकुद प्रतियोगिताको आयोजना गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए।

बोहरा मेडिको सेन्टर

उनकाअनुसार सामुदायिक एकता र सामाजिक सद्भाव बढाउने माध्यमका रुपमा खेलकुद क्षेत्र भएकाले नेपालको राष्र्टिय खेल भलिबल प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगितामा क्याम्पसका सात वटा विद्यार्थी समुहहरुको सहभागिता रहेको उनले बताए।

क्याक्समा गत वर्ष भने कबड्डी प्रतियोगिताको आयोजना गरिएको उनले बताए।

विद्यार्थी खेलाडीहरुको खेल प्रति उत्साह बढाउने भएकाले प्रतियोगिताको आयोजना आवश्यक भएको क्याम्पस प्रमुख बुढाले बताए।

उनकाअनुसार खेलकुद महत्व र धेरै फाइदाहरु रहेका छन्।

आन्तरिक प्रतियोगिताहरुले विद्यार्थीहरुलाई अनुशासित बनाउनुकासाथै एकता ल्याउने, युवाहरुको आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुगाउने उनको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.