सशस्त्रको डीआईजी बढुवामा शक्तिको प्रभाव : कुँवरले छलाङ मार्दा थापा अटाएनन

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा बढुवा सिफारिस गरिएको छ।

बिहीबार बेलुका बसेको गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

GBL NEW

सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।

यस्तै पहिलो ब्याचका मनीष थापा पनि बढुवामा पछि परे। उनकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्।

डीआईजी सुरेश श्रेष्ठ, अञ्जनी पोख्रेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी उनकै ब्याची हुन्।

सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनुपर्ने व्यवस्था थियो।

तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो। त्यसपछि मात्रै ढकाल पास भएका थिए।

कुँवर भने नेपाली काँग्रेेसका सभापति शेरबहादुर देउवाका भतिजा भानु देउवाका बहिनीज्वाइँ हुन्।

अहिले डीआईजीमा पनि उनले शक्तिको प्रभाव देखाएका छन्। १ र २ ब्याचअघिका नेपाल प्रहरीबाट आएका एसएसपी प्रवीण कँडेल पनि डीआईजीमा अटाउन सकेनन्।

उनीहरूलाई छुटाएर दोस्रो ब्याचबाट दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा गरिएको हो।

गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त थियो। रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको थियो।

डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास भएका थिए। अर्का डीआईजी किशोर प्रधान डीआईजीबाटै अवकास भएपछि रिक्त पद संख्या तीन पुगेको थियो।

र, यो पनि :
किन लाग्यो सशस्त्रको बढुवा प्रक्रियामा जाम ?

Ddl dental
Leave A Reply

Your email address will not be published.