गाउँले मलामी गएनन्, ट्याक्टरमा लगियो बैतडीका प्रकाशकी आमाको शव

dream cafe
learnar

बैतडी : बैतडीका प्रकाश दमाईकी आमाको शव २४ घण्टापछि घाट लगिएको छ ।

मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पुर्‍याइएको हो ।

GBL NEW

बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो।

छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका हुन् ।

प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् ।

तराईबाट आएका आफन्तहित दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए ।

करिब तीन सयजनाको बसोबास रहेको सिगास–१ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाई समुदायको एक्लो हो ।

उनकी ६१ वर्षीया आमा मानाको शव बोक्न कोही स्थानीय नमानेपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि दाहसंस्कारका लागि लगिएको हो ।

त्यसअघि छिमेकी कसैले पनि मलामी जान मानेनन् । सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के घाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुर्ख्यौली घाट पाटनमा दाहसंस्कार गरिएको प्रकाशले बताए ।

सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीले समेत शव बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर उठाइएको हो ।

सिगास–१ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसे । तीबाहेक कसैले पनि सहानुभूति दिएनन् ।

दलित भएकै कारण प्रकाशकी आमाको शव २४ घण्टासम्म घरमै राख्नु परेको हो । छिमेकीले सामाजिक मर्यादा र मानवताको धर्मसमेत निर्वाह गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले स्वीकार गरेका छन् । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि केही रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।

Ddl dental
Leave A Reply

Your email address will not be published.