अर्जुन ट्रफीको फाइनलमा आज डडेल्धुरा र अत्तरिया भिड्दै

dream cafe
learnar

डडेल्धुरा: कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको प्रतियोगिताको उपाधिका लागि आज फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन्।

न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने डिसिए धनगढीलाई पराजित गर्दै अत्तरिया उपाधि भिडन्तमा पुगेको हो ।फाइनल खेल आज फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुँदै छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका खेलाडी रहेका छन्।

अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम जस्ता नामी खेलाडी आबद्ध छन्। आज उपाधि जित्ने टोलीले नगद रु १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.