अर्जुन ट्रफीमा डडेल्धुराको लगातार दोस्रो जित, झापा ७७ रनले पराजित

dream cafe
learnar

डडेल्धुरा : क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

आज भएको खेलमा बोष्टन क्रिकेट झापालाई डडेल्धुराले ७७ रनले पराजित गरेको हो।

GBL NEW

जितसँगै डडेल्धुरा चार अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ। फाप्ला क्रिकेट मैदानमा टस ब्याटिङ गरेको डडेल्धुराले निर्धारित १५ ओभरमा तीन विकेट गुमाएर १४३ रन जोडेको थियो।

डडेल्धुराको लागि प्रारम्भिक ब्याट्सम्यान आयुष्मान बम र कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरे। बमले अविजित ५७ रन बनाए।

त्यस्तै, कप्तान जोराले कप्तानी पारी खेल्दै ५१ रन बनाए। बोष्टनका लागि अरुण ऐरीले दुई विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको बोष्टनले निर्धारित पूरै ओभर खेल्दै नौ विकेटको पतनमा ६६ रनमात्रै बनाउन सक्यो।

बोष्टनका सनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाए।

डडेल्धुराको जितमा कुशल भुर्तेलले चार र अजय चौधरीले दुई विकेट लिए।

खेलमा आयुष्मान बम प्लेयर अफ द म्याच घोषित भई १० हजार रुपियाँ पुरस्कारको हकदार बने।

Ddl dental
Leave A Reply

Your email address will not be published.