कुशल मल्लले बुटवलबाट अर्जुन ट्रफी खेल्ने

dream cafe
learnar

डडेल्धुरा : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

उनले बुटवलको न्यू होराइजनबाट प्रतियोगिता खेल्ने भएको हुन्।

GBL NEW

मल्ल हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा चितवन राईनोजका मार्की खेलाडी रहेका थिए।

क्रिकेटको सहर धनगढीमा भोलिबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।

कुशल मल्लको कप्तानीमा रहेको बुटबलको टिममा दिलीप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतीक श्रेष्ठ र तुलबहादुर थापा रहेका छन्।

यस्तै महेश भार, विप्रसन केसी, आरिफ खान, दीपक डुम्रे, वीरबहादुर घर्ती र गोविन्द विक पनि बुटबलको टिममा छन्।

अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन्।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जानकारी दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.