विश्वकप हेर्न आउन कतारी राजदूतको अर्थमन्त्रीलाई निमन्त्रणा, जालान् त अर्थमन्त्री ?

dream cafe
learnar

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मालाई नेपालका लागि कतारका राजदूत युसुप बिन मोहम्मद अहमेद अल हेइलले विश्वकप फुटबल हेर्न आउनका लागि आमन्त्रण गरेका छन्।

अर्थ मन्त्रालयमा आइतबारको भेटमा राजदूतले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ अवलोकनका लागि अर्थमन्त्री शर्मालाई आमन्त्रण गरेका हुन्।

Ird
HARDIK AGRo NEw

विश्वकप फुटबल नोभेम्बर २१ देखि सुरु हुँदैछ।

कतार सरकारले नेपाली फुटबलको विकासमा सहयोग गर्दै आएको छ। पछिल्लो समय सहिद स्मारक ए डिभिजन लिगको प्रायोजनदेखि घाइते खेलाडीको उपचारसम्ममा कतारले सहयोग गर्दै आएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको तलब पनि कतार सरकारले नै उपलब्ध गराउँदै आएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.