कैलालीका ९ वर्षीय आर्यन बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित

dream cafe
learnar

लन्डन : लन्डन बस्ने एक नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित भएका छन्। ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएको उनका बुबा सुरेन्द्र ढुंगानाले जनाए।

आर्यन ‘लेफ्ट ह्यान्डेड’ ‘पेस बलर’ र आक्रामक ब्याटर हुन्। उनी सानैदेखि खेलप्रेमी र क्रिकेटप्रति रुची राख्ने गरेको बुबाले बताए। उनले २० वर्षयता बेलायतको क्रिकेट क्लबमा छानिने आर्यन सम्भवतः पहिलो नेपाली बालक रहेको पनि उल्लेख गरे।

GBL NEW

‘यो आर्यनका लागि सानो खुट्किलो होला तर समस्त बेलायती नेपाली डायस्पोराको खेल क्षेत्रमा ठूलो फड्कोका रुपमा मैले लिएको छु’, उनका बुबाले भने।

एक्टन क्रिकेट क्लब लन्डनमा आइतबार पूर्वइंग्ल्यान्ड क्रिकेटर साजिद महम्मुद र इलिङ क्रिकेट बरो चिफ इजाज हुसेनले आर्यनलाई मिडलसेक्स काउन्टी क्याप हस्तान्तरण गरे। साजिदले आर्यनको क्याप र ब्याटमा हस्ताक्षरसमेत गरेका छन्।

आर्यनले गतवर्ष अन्डर ८ अन्तर्गत प्रतिष्ठित इलिङ क्रिकेट क्लबमा खेलेर ‘प्लेयर अफ दी इयर’ उपाधि पाएका थिए। सन् २०१३ मा लन्डनमा जन्मिएका आर्यनका बुबा सुरेन्द्र ढुंगाना चार्टर्ड अकाउन्टेन्ट र आमा सुनिता ढुंगााना इलिङ हस्पिटलमा नर्सको रुपमा कार्यरत छिन्। उनीहरू टिकापुर कैलालीका स्थायी बासिन्दा हुन्।

आर्यन इलिङस्थित होबबेन प्राइमरी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.