लालबहादुर असिग्राम फिर्ता, चलेन राजनीतिक ‘पावर’

dream cafe
learnar

डडेल्धुरा : राजनीतिक पावरले दरबन्दी नै खाली नभएको विद्यालयमा सरुवा गरिएका शिक्षक लालबहादुर साउदको सरुवा फिर्ता भएको छ।

गन्यापधुरा गाउँपालिका-१ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेेणीमा कार्यरत शिक्षक साउदको अमरगढी नगरपालिका-५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा सरुवा गरिएको थियो।

GBL NEW

शिक्षक साउदको सरुवा  गरिएको भएपनि महेन्द्रमा दरबन्दी खाली नभएपछि उनले हाजिरी लगाउन पाएका थिएनन् भने असिग्रामले रमना दिएको थिएन्।

चर्को विवादकाबीच शिक्षक साउदको सरुवा फिर्ता भएको हो। सिमाना न्युजलाई प्राप्त पत्रमा उनको सरुवा फिर्ता भएको उल्लेख छ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारदप्रसाद जोशीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ´शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको च.न.९८५ मिति २०८१।०३।२३ गतेको पत्रबाट तपाईलाई श्री असिग्राम मावि गन्यापधुरा ०१ रुवाखोलाबाट श्री महेन्द्र मावि अमरगढी न.पा ०५ खलङ्गा डडेल्धुरामा सरुवा गरिएकोमा उक्त विद्यालयमा रिक्त पद नभएको र थप दरबन्दी मिलान तथा वितरण गर्न सक्ने अवस्था तत्काल नरहेकोले तपाईंलाई दरबन्दी रहेकै विद्यालय श्री असिग्राम मा.वि. गन्यापधुरा ०१ रुवाखोता डडेल्धुरामा यथावत अध्यापन कार्य गर्न हुन अनुरोध गरिन्छ।`

लालबहादुर सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काका श्रीमान् हुन्।

खड्काले नै  शिक्षक पतिको  सरुवा गराउन राजनीतिक आडमा सचिव मार्फत शिक्षा विकास तथा समन्वय इकाईमा पत्र पठाउन लगाएको खुलेको थियो।

तर, विना दरबन्दीको विद्यालयमा राजनीतिक पहुँचले शिक्षक सरुवा निर्देशिका विपरीत  लालबहादुरको सरुवा भएपछि रुवाखोलाका शिक्षक, विद्यार्थी तथा अभिभावक आन्दोलित भएका थिए।

असिग्रामका विद्यार्थीले नेपाली विषयको पुस्तक समेत शिक्षा समन्वय इकाईलाई बुझाएका थिए।

र, यो पनि :
गुरु पूर्णिमाका दिन सभापति  देउवाका गाउँका विद्यार्थी शिक्षक खोज्दै आन्दोलनमा

राजनीतिक पावरमा बुढाको सरुवा गर्दा सरस्वतीलाई आपत

Ddl dental
Leave A Reply

Your email address will not be published.