‘अग्नीपथ’ योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

dream cafe
learnar

भारतमा संघीय सरकारले घोषणा गरेको अग्नीपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेड सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ।

अग्नीपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन्। उनीहरूले अन्याय र अव्यवहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन्।

GBL NEW

भारतको संघीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन्।

भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीन ओटै सैन्य सेवामा जवान पदका लागि चार वर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजनामा उल्लेख गरिएको छ।

त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरू अवकास हुनुपर्ने व्यवस्था गरिएको छ। भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवाहरू आक्रोसित भएका हुन्।

ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन्। सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दावी गरेपनि युवाले भने यसलाई अव्यवहारिक र अन्यायपूर्ण भएको दावी गरेका छन्।

आन्दोलनकारी युवाले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको भरपर्दो अवसरलाई सरकारले खोसेको आरोप लगाएका छन्। चार वर्षे जागिरले युवालाई जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्यौलपूर्ण हुने उनीहरूको भनाइ छ।

आन्दोलनकारीले विषेशगरी रेल सेवालाई क्षति गरेकाले हिंसात्मक र क्षति हुने गतिविधि नगर्न सरकारले उनीहरूलाई आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.