मुम्बई ‘रेडअलर्ट’मा, सडक पानीले भरियो

dream cafe
learnar

डडेल्धुरा : महाराष्ट्रको राजधानी मुम्बईलगायत राज्यका धेरै क्षेत्रमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

जानकारी अनुसार रातिदेखि परेको अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएको छ। मौसम विभागले आज मुम्बईसहित धेरै भागहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ।

GBL NEW

ठाणे र नासिकमा वर्षाको ओरेन्ज अलर्ट छ। वर्षाका कारण उत्पन्न समस्यालाई ध्यानमा राख्दै मुम्बई, पुणे र पिम्परी(चिंचवडका सबै विद्यालय र कलेजहरू आज बन्द राख्न आदेश दिइएको छ।

प्रहरी प्रशासनले अत्यावश्यक पर्दा मात्रै घरबाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ।

वर्षाका कारण राजधानी मुम्बईको अवस्था निकै नाजुक छ। मायानगरी भनिने मुम्बई भारी वर्षाका कारण पानीको सहरमा परिणत भएको छ। सडकमा पानी जमेका कारण यातायात ठप्प भएको छ भने लोकल रेलको आवागमन पनि प्रभावित भएको छ।

धेरै ठाउँबाट सडक र घरमा पानी जमेको खबर आएको छ।

मानिसहरु घरबाट अत्यावश्यक वस्तुहरु हटाई सुरक्षित स्थानमा लैजान बाध्य भएका छन्। कुर्ला पूर्वदेखि गोरेगाउँसम्म धेरै क्षेत्रमा जलमग्नको अवस्था निकै गम्भीर देखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.