काठमाडौं: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सामाजिक संजालबाट खेलाडीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गर्न थालेको छ।
फिफाले खेलाडीहरुको युनियन फिफ्प्रोसँग मिलेर खेलाडीहरूलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरुको पहिचान गर्न थालेको हो ।
युरोकप २०२० को फाइनल र सेमिफाइनल तथा अफ्रीका कप अफ नेसन्सको समयमा गरिएका ४ लाख बढी सामाजिक संजालका पोस्टहरु अध्ययन गरिएको छ ।
जसमा ५० प्रतिशत भन्दा बढी खेलाडीहरु कुनै न कुनै प्रकारले दुर्व्यवहारको शिकार बनेको पाईएको छ।
अध्ययन अनुसार युरोकपको फाइनलमा पेनाल्टीमा चुकेका काला खेलाडीलाई सबैभन्दा बढी दुर्व्यवहार भएको पाईएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलको रक्षाको लागि आफुहरु लागिरहेको र खेलाडीमाथिको कुनैपनि दुर्व्यवहार स्वीकार्य नहुने बताए ।