डडेल्धुरा घर भएका नेपाली सेनाका मेजर गजेन्द्रले गरे सगरमाथाको सफल आरोहण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा घर भएका नेपाली सेनाका मेजर गजेन्द्र देउवाले सगरमाथा आरोहण गरेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका-२ घर भएर नेपाली सेनाको मुस्ताङस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा दरबन्दी भएका देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्।

GBL NEW

उनले एकल रुपमा सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्न सफल भएको बताए। उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

देउवाले जेठ ८ गते बिहान ९ः२५ मा सगरमाथाको चुचुरोमा टेकेका थिए।

उनले बैशाख २७ गतेदेखि आरोहणको तयारी थालेकोमा जेठ ५ गते आरोहण सुरु गरी जेठ ८ मा आरोहण भ्याएका थिए।

आफू हिजोमात्रै बेसक्याम्पमा फर्केको र अहिले पनि सगरमाथा क्षेत्रमै रहेको उनको भनाई छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.