डडेल्धुराका बालबालिकालाई आईपीभी खोप लगाइँदै, कुन पालिकामा कहिले ?

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराका ६ हजार एक सय ८७ बालबालिकाहरूलाई पोलियो रोगविरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराले मंगलबार जिल्ला सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।

GBL NEW

जिल्लाका सातवटै स्थानीय तहमा जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप लगाउन लागिएको हो।

आईपीभी खोप अभियान सञ्चालनका लागि २४० खोप केन्द्र तोकिएको भेक्टर कन्ट्रोलर निरीक्षक भट्टले बताए। जिल्लाका ५२ वटै वडाका विभिन्न विद्यालयमा खोप केन्द्र ताकिएको हो।

नवुदर्गा र भागेश्वर गाउँपालिका तथा परशुराम नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, अमरगढी नगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म, अजयमेरु तथा आलिताल गाउँपालिकामा जेठ १३ देखि १७ गतेसम्म र गन्यापधुरा गाउँपालिकामा जेठ १३ देखि १६ गतेसम्म आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए।

उनका अनुसार खोप दिने स्वास्थ्यकर्मी २४० र स्वयंसेवक ४४५ जना खटिनेछन्। उनीहरूलाई आवश्यक तालिम दिइसकिएको कार्यालय प्रमुख साउँदले बताए।

उनले कुनै पनि बालबालिका आईपीभी खोपबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले खोप अभियानको तयारी लगभग पूरा भएको जानकारी दिए।

‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई आईपीभी खोप लगाउने तयारी छ। सोहीअनुसार डडेल्धुरामा पनि यो अभियान सञ्चालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौँ।’

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले खोप अभियानको सफलताको शुभकामना दिँदै सबै बालबालिकालाई उक्त खोप लगाउन आग्रह गरे।

पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइन लागिएको हो। नेपालमा पोलियोविरुद्धको खोप २०७१ सालदेखि सुरु गरिएको हो।

पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ तर पाँचवर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भेक्टर कन्ट्रोलर निरीक्षक भट्टले बताए।

उनका अनुसार पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघातका साथै कसैको मृत्युसमेत हुनसक्छ। यो रोगविरुद्धको खोप लगाउनु नै रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.