पश्चिम सेती भारतको सहयोगमा बन्छ : प्रधानमन्त्री देउवा

dream cafe
learnar

हिक्मत सिंह

डडेल्धुरा: नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले पश्चिम सेती परियोजनाको काम अगाडी बढाईने बताउनुभयो ।

Ird

मंगलबार नेपाली काग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले २९ वर्ष देखी अन्यौलमा रहेको पश्चिम सेती परियोजनाको काम कार्यान्वयन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंगको समझदारीमा भारतीय कम्पनी मार्फत निर्माणको काम अगाडी बढाईने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले देशको विकास गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउदै आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसका उमेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

डडेल्धुराका सात स्थानीय तहमा कांग्रेसले नेतृत्व पाएमा प्रदेश राजधानी समेत डडेल्धुरा सार्ने आश्वासन दिदै देउवाले भन्नुभयो, ‘मेयर, उपमेयर र पालिकाका सम्पुर्ण उमेदवार जिताउनुस प्रदेश राजधानी डडेल्धुरा सार्न कुनै समस्या छैन ।’

HARDIK AGRo NEw

तत्कालिन समयमा डडेलधुरामा ठुलो सभाहल सम्म पनि निर्माण हुन नसक्दा अस्थायी राजधानी कैलाली सार्न बाध्य रहेको बताउदै उहाँले सभाहल निर्माण संगै व्यवस्थीत बसपार्क र एयरपोर्ट निर्माणको काम अगाडी बढाइने आश्वासन दिनुभयो ।

जिल्ला सदरमुकाममा रहेको बागबजारको सडक बिस्तारका लागी घरधनीहरुलाई मुवाब्जा उपलब्ध गराई व्यवस्थीत बजार निर्माण गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

अमरगढी नगरपालिका– ८ का जनतालाई लक्षित गर्दै देउवाले भन्नुभयो, ‘यसअघि अमरगढी नगरपालिकामा कम्युनिष्टको सरकार भएकाले विकास निर्माणको काम सुस्त भएको हो अब काग्रेसको मेयर जिताउनुस खानेपानी योजना लग्नुस ।’

काग्रेसको सरकार भएको पालामा मेलौली उग्रतारा सडकखण्डको कालोपत्रै काम अगाडी बढाइएको उहाँले बताउनुभयो ।

डडेल्धुरा जिल्लाको विकासका लागी आफु प्रतिवद्ध भएर काम गर्ने बताउदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘डडेल्धुरा मेडिकल कलेजका लागी प्रारम्भिक काम अगाडी बढि सकेको छ ।’ म बोलेका बाचाहरु पाँच वर्ष भित्र पुरा गर्नेछु, नगरेमा मलाई बदमास भन्नुहोला, देउवाले भन्नुभयो ।’

देउवा भन्नुहुन्छ, ‘डडेल्धुरा गृह जिल्ला भएकाले म यहाँबाट भाग्न सक्दैन, अब डडेलधुराको समग्र विकासका लागी सक्रिय भएर लाग्नेछु ।’

प्रधानमन्त्री देउवाले एकै दिन डडेलधुराको अमरगढी नगरपालिका र परशुराम नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्नु भएको हो । देउवा स्थानीय तहको निर्वाचन सम्म डडेल्धुरा बस्नुहुने नेपाली काग्रेस डडेल्धुराका सचिव शेर बहादुर भण्डारीले बताउनुभयो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.