

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश भूगोलबाट बहादुर सिंह थापा, दिवान सिंह विष्ट र जनक चटाैत नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य निर्वाचित थापा सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री हुन्।

विष्ट सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन्।
अन्तिम मतपरिणाम अनुसार दुवै जनाले समान एक हजार ७९९ मत पाएका छन्।
चटौतले दुई हजार ५०८ मत पाएका छन्। थापा र विष्ट कञ्चनपुरका र चटाैत डडेलधुराका हुन्।

