बोहरा मेडिको सेन्टर

बाढीपीडितलाई ५० हजार दिने अमरगढी–२ को निर्णय

dream cafe
learnar

डडेल्धुरा : जनताको दुःखमा साथ दिनु नै जनप्रतिनिधिको वास्तविक जिम्मेवारी हो भन्ने सन्देश दिँदै अमरगढी नगरपालिका–२ का वडाध्यक्ष हेमराज पन्त नेतृत्वको वडा कार्यसमितिले बाढीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

वडाध्यक्ष पन्तको अध्यक्षतामा असोज २६ गते बसेको वडा कार्यसमितिको बैठकले गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

CNA

बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन भई स्वीकृत सांस्कृतिक प्रवर्द्धन कार्यक्रमको बजेटबाट उक्त रकम उपलब्ध गराउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ।

वडाध्यक्ष हेमराज पन्तले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।

‘विपद्मा परेका नागरिकको पीडालाई पनि सम्झनुपर्छ। जनताको सुखदुःखमा साथ दिनु जनप्रतिनिधिको दायित्व हो। त्यसैले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ,’ उनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.