बोहरा मेडिको सेन्टर

प्रदेश कमिटी सदस्य बोहराले छाडे नेकपा, मुख्यमन्त्रीमाथि कमिसनको आरोप

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपाका प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्।

परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सामाजिक सञ्जालमार्फत प्रदेश कमिटी सदस्यता परित्याग गरेर स्वतन्त्र हुने घोषणा गरेका हुन्।

CNA

उनले मुख्यमन्त्री खगराज भट्टलाई लक्षित गर्दै पार्टीभित्र कमिसनको प्रवृत्ति रहेको आरोपसमेत लगाएका छन्।

‘खगराज भट्ट, यस्ता कमिसनखोर पार्टीमा रहुन्जेलसम्म हामी नेकपाको सदस्य हुन सक्दैनौँ ! प्रदेश कमिटी सदस्यता परित्याग !’ बोहराले लेखेका छन्।

उनले आफूहरूले सर्वहारा र श्रमजीवी वर्गको पार्टी भनेर नेकपामा काम गरेको भए पनि व्यवहारमा पैसा र पहुँच हुनेहरूकै प्रभाव देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेसँगै डडेल्धुरामा सत्तारूढ दलका नेता तथा कार्यकर्तामाझ असन्तुष्टि देखिन थालेको छ।

विशेषगरी मुख्यमन्त्रीको गृहजिल्ला डडेल्धुराको निर्वाचन क्षेत्र (क) मा बजेटलाई लिएर असन्तुष्टि बढेको देखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.