गायक रविविरुद्ध पक्राउ पूर्जी, श्रीमतीले हालिन बलात्कार मुद्दा

dream cafe
learnar

डडेल्धुरा : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन्।

Amargadhi Education

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए।

चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन्। सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए।

अजयमेरु फाैजी केरा

‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन्।

रवि नेपाल आइडलका बिजेता हुनुपूर्व नै कञ्चनपुरकै ती युवतीसँग प्रेम सम्बन्धमा थिए । लामो प्रेम सम्बन्धपछि गत मंसिरमा उनले प्रेमिकासँग बिहे गरेका थिए । तर, बिहेपछि आफ्नो वास्ता नगर्ने तथा बाहिरै बढी बस्ने भएकाले श्रीमती उनीसँग बिच्किएकी थिइन् ।

आफूलाई भगाएर बिहे गरेपश्चात सेलिब्रेटी भइसकेपछि मतलब नगर्ने र रविको परिवारले आफूलाई छोड्न भन्ने गरेकाले बाध्य भएर उनले प्रहरीमा जाहेरी दिएको बताइएको छ।

प्रहरीमा जाहेरी दिँदा उनले भनेकी थिइन्, ‘आफू ठुलो मान्छे(सेलिब्रेटी) नहुँदासम्म त्यसको लागि म सुन थिए। अहिले पित्तलजस्तो भए। म के खेलौना हुँ र ?’

ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए। ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो।

उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको बुझिन्छ। रविले गतमहिना बहुप्रतिप्रथाको कथावस्तुमा बनेको फिल्म ‘द्रौपदी’बाट अभिनय करिअर थालेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.