डडेल्धुराको लाकममा जिप दुर्घटना हुँदा चारजना घाइते

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बुधबार बेलुका ५ बजेरित भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

HARDIK AGRo NEw

डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बर जिप दुर्घटना दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Ird

जिप्रका डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ६ जना सवार जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरी निरीक्षक ऐरले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.