सुदूरपश्चिम र मध्यपश्चिममा उपकुलपति नियुक्तिका लागि दोहोर्याएर दरखास्त

dream cafe
learnar

डडेल्धुरा : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त खुलेको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै यसअघि स्थगित दुवै विश्वविद्यालयको दरखास्तसम्बन्धी प्रक्रिया पुनः शुरु गरेको जानकारी दिएको हो।

GBL NEW

‘उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको मिति २०८०-११-०६ गतेको निर्णयानुसार दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरिएकोमा समितिको मिति २०८०-१२-१२ गतेको निर्णयबाट उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिइएको छ,’ सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेभित्र कार्यालय समयभित्र दरखास्त दिन भनिएको छ।

त्यस्तै, यसअघि गत माघ २५ गते प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरुलाई कार्यविधिबमोजिमको प्रक्रियामा समावेश गरिने समेत जनाइएको छ।

दुवै विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट समितिले गत माघ २६ गते दरखास्त आह्वान गरेको थियो।

तर, फागुन ६ गते एकाएक दरखास्त प्रक्रिया स्थगन गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.