आलितालका महरलाई मोसो दलेर दुर्व्यवहार गर्ने थापामगर प्रहरीको फन्दामा

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई मोसो र जुत्ता, चप्पलको माला लगाएर दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका-२ कनेडी स्थायी घर भई हाल डोटीको  जोरायल गाउँपालिका-१ गैरा बजार बस्ने कमल थापामगर रहेका छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

०७८ सालमा निर्माण गरिएको सिँचाइ ओजनामा महरले भ्रष्टाचार गरेको आरोपमा वैद्य नेतुत्वका कार्यकर्ता समेत रहेका थापामगरले माघ २८ गते मोसो दलेर दुर्व्यवहार गरेका थिए।

आफूमाथि दुर्ववहार भएको भन्दै महरले प्रहरीमा उजुरी दिएका थिए। उनले महरलाई आलिताल नजिक घुम्तिताल चिरकिट्टे सडकमा मसो दलि जुत्ता चप्पलको माला लगाई अभद्र व्यवहार गरि फरार रहेका थिए।

तर, थापामगरलाई आलिताल गाउँपालिका-१ हर्तोलाबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करबिरसिंह ऐरले जानकारी दिए।

ऐरकाअनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.