मर्यादित ढंगबाट होली मनाउन डडेल्धुराका सीडीओको निर्देशन

dream cafe
learnar

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली पर्व मर्यादित ढंगबाट मनाउन अनुरोध गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व हर्षोल्लास एवं मर्यादित ढंगबाट मनाउन सबै सर्वसाधारणलाई आग्रह गरेको हो।

GBL NEW

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा होली पर्वको अवसरमा कसैको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा हो–हल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्‍याउनेजस्ता अराजक, उच्छृङ्खल एवं अवाञ्छित क्रियाकलापहरू नगर्न/नगरान उल्लेख छ।

साथै त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न भएको पाइएम कानून बमोजिम कारबाही गरिने पनि चेतावनी दिइएको छ। यसवर्ष होली पहाडी जिल्लामा यही चैत ११ गते र तराईका जिल्लामा चैत १२ गते मनाइँदै छ।

हेर्नुहोस् सूचना :

Ddl dental
Leave A Reply

Your email address will not be published.