के परशुरामका मेयरले ‘लड्ने भए आउ’भन्दा कुटिएका हुन् हाकिम ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा बेलाबेला कार्यपालिका बैठकमा विवाद भइरहन्छ।

यसैबीच, आज (बिहीबार) त विवाद मात्रै होइन, कुर्सी तोडफोडसँगै निमित्त प्रमुख प्रशासकीय  कृष्णदेव जोशीको टाउको नै फुटेको छ।

Ird

जोशीमाथि कुटपिट गरेको उजुरी परेपछि प्रहरीले नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेको थियो।

करिब दुई घण्टा जति प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई सोधपुछपछि छोडिएको प्रहरीले जनाएको छ।

सोही विषयमा अहिले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले एक अर्कोलाई आरोपप्रत्यारोप लगाइरहेका छन्।

जनप्रतिनिधिको भनाइ :

परशुराम नगरपालिका-७ का वडाध्यक्ष कर्णबहादुर धामी
आज कार्यपालिका बैठकको कार्य सूची अनुसार बैठक नगरप्रमुख ज्युले प्रारम्भ गर्नुभयो। उहाँले विधिवत् एजेन्डा प्रस्तुत गर्नुभयो।

र, हाम्रो सल्लाह र समन्वयमा छलफल भएका केही एजेन्डाहरू छुटाएर बैठकमा प्रस्तुत गर्नुभयो। त्यसपछि ती एजेन्डाहरू किन ल्याउनु भएन भनेर उपमेयर ज्यूले आफ्नो राय राख्नुभयो। नगर प्रमुख ज्यूले त्यसको जवाफ दिनु पर्थ्यो, सल्लाह गर्नुपथ्र्यो।

तर, उहाँले आक्रोशमा आएर तपाईं के गर्न सक्नुहुन्छ ? लड्ने भए आउनुस् भनेर जवाफ दिनुभयो। वडा नम्बर १ को अध्यक्षले आफ्नो राय राख्नुभो र वडा नम्बर ७ को अध्यक्षको हैसियतले मैले पनि प्रश्न राखे।

HARDIK AGRo NEw

तर, काँग्रसेबाट निर्वाचित कार्यापालिका सदस्यले उपप्रमुखमाथि अमर्यादित व्यवहार देखाएर कुरा गर्नुभयो। दलको हिसाबले उपमेयरको बचाउमा हामी पनि उत्रिदा वादविवाद भयो।

विवादकै क्रममा अमर्यादित घटना हुन पुग्यो। भागदाैडका क्रममा प्रमुख प्रशासकीयमाथि चोटपटक र केही फर्निचरमा क्षति भएको हो।

उहाँ (मेयर)ले सुरुमै प्रहरी र स्वकीय बोलाएर राख्नु भएको थियो। मेयरले आज केटाकेटी पारा देखाउनु भयो। वडा नम्बर ६ को अध्यक्ष खगेन्द्र सिंहले उपप्रमुखमाथि हातपात गर्न खोज्दा त्यसो नगर्नुस् विधि र पद्धतिका साथ अगाडि बढाैं भनेर हामीले रोकेका हाैं।

परशुराम नगरपालिका-६ का वडाध्यक्ष खगेन्द्र सिंह
कार्यपालिकामा माओवादीबाट विजयी भएका साथीहरूले प्रमुख प्रशासकीय जोशीसँग रिसीभी बोकेका थिए। किनभने उपमेयरका बुढाले राहतबाट दुइ/तीन परीक्षा दिनुभएको थियो।

तर, पास भएन्। व्यक्तिगत त्यो रिसीभी तिनीहरूले बोकेका थिए। शिक्षा शाखा प्रमुखसँग विवाद गरेर तीनलाई कार्यपालिका बैठकमा स्पष्टीकरण सोधेर काज फिर्ता गर्नुस् भन्ने निर्णय गर्नुस् भन्दै थिए।

अपांगता परिचयपत्र वितरण उपप्रमुखको संयोजकत्वमा हुन्छ। विभिन्न कारणले त्यो आफ्नो मान्छे ख बर्गकोलाई क मा राखेर एक वर्षसम्म बैठक बस्ने पास नहुने त्यो रोकिएको थियो। एक वर्षसम्म किन वितरण नगरेको उहाँहरूले सेवा सुविधा पाउँथे, तपाईं संयोजक हो? भनेर मैले आज सोधे।

त्यसपछि उपप्रमुख आएर ममाथि हातपात गर्न खोजेको हो। वडा नम्बर ७ को अध्यक्षले प्रमुख प्रशासकीयमाथि कुर्सी प्रहार गर्नूभएको हो।

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी
कार्यपालिका बैठक हो। विषयले प्रवेश पाएको थिएन। कर्मचारीको विषयमा उहाँले कुरा उठाइराख्नु भएको थियो। नियमविपरीत उहाँलाई कारबाही गर्नुपर्छ भनिराख्नु भएको थियो।

हामीले कारबाही होइन ठिक छ भन्ने हिसाबले कुरा गर्याै। उहाँहरू आवेगमा आएर हातपातमा उत्रिनु भएको हो। उपमेयरले वडा नम्बर ६ का अध्यक्षममथि हातपात गर्नुभयो, वडा नम्बर ७ को अध्यक्षले प्रमुख प्रशासकीयको पछाडिबाट कुर्सी हान्नु भएको हो।

उहाँहरूले पहिलेदेखि नै नियमभन्दा बाहिर गएर काम गराउने पैसा दिने गर्नुहुन्छ। नगरेमा इगो राख्ने प्रवृत्ति छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.