वडाध्यक्षले बितिसकेकी आमाको सामाजिक सुरक्षा भत्ता बुझेपछि …

dream cafe
learnar

सल्यान : सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

GBL NEW

वडाध्यक्ष थापाले निधन भइसकेकी आमाको नाममा आफैंले वृद्धभत्ता बुझेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७४/०७५ देखि ०७६/०७७ सम्म कुल ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बितिसकेकी आमाको नाता जनाई बुझिलिएको अख्तियारले दाबी गरेको छ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ५१ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.