बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा भट्ट, सदस्यमा कोको ?

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा भट्ट र अन्य दुई जनालाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो।

CNA
GBL NEW

आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा‍. हिरा चन्दलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले जानकारी दिए।

आयोगका दुई सदस्य नियुक्त हुन बाँकी छन्।

उपाध्यक्षमा नियुक्त कञ्चनपुरका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपा तथा सदस्यहरु जोशी र चन्द नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन्।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.