‘मरेको’ ठानिएको छोरा फर्किएपछि खुल्यो सेतो वर्दीभित्रको सन्त्रास !

dream cafe
learnar

डडेल्धुरा : वैशाख २६ गतेका दिन नवदुर्गा गाउँपालिकाका एक परिवारका लागि कहालीलाग्दो बन्यो।

घरका जवान छोरा अचेत अवस्थामा भेटिए। सास कमजोर थियो। शरीर निस्प्राण जस्तै।

Arthik

परिवारले हतारहतार डडेल्धुरा अस्पताल पुर्यायो।अस्पताल पुगेपछि चिकित्सकको जवाफले परिवार झन् भताभुंग भयो, ‘बाँच्ने सम्भावना न्यून छ।’

त्यसपछि सुरु भयो एउटा बुवाको संघर्ष। छोरालाई जसरी पनि बचाइदिन उनले अस्पतालसँग हारगुहार गरे।

अन्ततः युवक भर्ना भए। रात गहिरिँदै गयो। परिवारको आँखा न निद्रायो, न मन शान्त भयो। बिहान करिब २ बजेतिर युवकले खुट्टा चलाए।

डाक्टरले भने, ‘अब चिन्ता नगर्नुस्, अवस्था सुधार हुँदैछ।’

तीन दिन भेन्टिलेटरमा राखेपछि अवस्था केही सामान्य बन्यो। चिकित्सकले सुधार गृहमा राख्न सुझाव दिए।

परिवारमा फेरि आशा पलायो, ‘अब छोरा बाँच्ने भयो।’

तर, त्यसपछि जे भयो, त्यो परिवारले कल्पनासमेत गरेको थिएन।

अस्पतालको बेडबाटै युवक हराए। परिवार अस्पतालभरि दौडियो। कोही वार्डतिर खोज्दै थियो, कोही अस्पतालबाहिर।

केही समयपछि युवक फेरि फर्किए। तर, फर्किएकाे युवक पहिलेक जस्ताे थिएन। परिवारलाई उनको व्यवहार अस्वाभाविक लाग्यो।

शंका लागेर खल्ती खानतलासी गर्दा आठ पत्ता साइकोट्रपिक औषधि भेटियो। परिवार झस्कियो।

‘यो औषधि कहाँबाट आयो ?’

महँगो औषधि होला भनेर परिवार उक्त औषधि फिर्ता गर्न अमरगढी–५ स्थित बोहरा मेडिको सेन्टर पुग्यो।

तर, मेडिकलका कर्मचारीले ‘हामीले दिएको होइन’ भन्दै पन्छिन खोजे।

त्यही क्षण युवकका बुवाको मनमा अर्को डर जन्मियो, ‘कहीं छोरा फेरि नशाको दलदलमा धकेलियो त ?’

उनले तत्काल प्रहरीलाई खबर गरे।

HARDIK AGRo NEw

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका हवल्दार मानबहादुर धामीको नेतृत्वमा पुगेको टोलीले डडेल्धुरा अस्पतालका फार्मेसी इन्चार्जसँग मिलेर बोहरा मेडिको सेन्टरमा छापा हान्यो।

त्यहाँबाट विभिन्न औषधि बरामद गरियो।

छोराको अवस्थाबारे बोल्दै पीडित बुवा अझै आत्तिएको स्वरमा भन्छन्, ‘मर्न लागेको छोरालाई अस्पताल लगेर बल्ल बचायौं। फेरि औषधि दिएर झन् बिगार्ने काम भयो। झन्डै थाहा नपाएको भए छोरा फेरि मर्थ्यो। सेतो बर्दिको मान्छेको यस्तो कार्य।’

घटनापछि युवकलाई थप उपचारका लागि धनगढी लगियो। अहिले उनलाई आसरा सुधार गृहमा राखिएको परिवारले जनाएको छ।

विवादमा तानिएको बोहरा मेडिको सेन्टर कुनै सामान्य मेडिकल होइन।

यसको सञ्चालन अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामराज बोहरासँग जोडिएको छ।

उक्त मेडिकलले प्रेस्क्रिप्सनबिना साइकोट्रपिक औषधि बिक्री गरेको आरोपमा औषधि व्यवस्था विभागले कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

प्रहरीले बरामद गरेको औषधि

प्रहरीले बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेको थियो। मेडिकल सञ्चालक बोहरालाई हाल हाजिर जमानीमा रिहा गरिएको विभागले जनाएको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी दिनेशराज न्यौपानेका अनुसार मेडिकलको औषधि कारोबार अभिलेख नमिलेपछि दर्ता निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको छ।

विवाद चर्किएपछि बोहराले सामाजिक सञ्जालमा लामो स्पष्टीकरण दिएका छन्।

उनले आफू र आफ्नो मेडिकलमाथि नियोजित रूपमा ‘चरित्र हत्या’ गर्न खोजिएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘बोहरा मेडिकलका कर्मचारीलाई एक शब्द पनि नसोधी कसैको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण गर्नु गलत हो।’

उनले थप दाबी गरेका छन्, ‘कसैले पछाडिबाट औषधि लगेर दुरुपयोग गरेर बजारमा हल्ला फैलाएको हुन सक्छ।’

श्यामराजको स्टाटस

बोहराले आफ्नो मेडिकलमा ‘विशेषज्ञ चिकित्सकले प्रयोग गर्ने औषधि’ मात्रै राखिएको जिकिर गर्दै ‘हिरोइन, मोर्फिन वा ब्राउन सुगर भेटिएजस्तो गरी अपवाह फैलाइएको’ बताएका छन्।

उनको दाबी छ, ‘विशेषज्ञको सल्लाह बिना मनोदिपक औषधि कसैलाई दिने गरिएको छैन।’

र, यो पनि :

अमरगढीका स्वास्थ्य शाखा प्रमुख बोहरा अवैध धन्दामा, परे प्रहरीको फन्दामा

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.