अमरगढीका स्वास्थ्य शाखा प्रमुख बोहरा अवैध धन्दामा, परे प्रहरीको फन्दामा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीमा रहेका कर्मचारी अवैध धन्दामा रहेको खुलेको छ।

अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) स्यामराज बोहरा अवैध धन्दामा रहेको खुलेको हो।

GBL NEW

उनको अमरगढी नगरपालिका–५ मा बोहरा मेडिको सेन्टर सञ्चालनमा छ। तर, उक्त मेडिकलले प्रेस्क्रिप्सनबिना साइकोट्रपिक औषधि बिक्री गरिरहेको छ।

बोहराले अवैध औषधि बिक्री वितरण गरेको आरोपपछि औषधि व्यवस्था विभागले कानुनी प्रक्रिया सुरु गरेको हो।

एक उजुरीपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार बोहरालाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि मुद्दासम्बन्धी मिसिल औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगञ्ज पठाइएको थियो।

विभागले अध्ययनपछि मेडिकलविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

विभागका सूचना अधिकारी तथा फार्मेसी सुपरभाइजर दिनेशराज न्यौपानेका अनुसार मेडिकलले प्रतिबन्धित औषधि भने बिक्री नगरेको भए पनि चिकित्सकको प्रेस्क्रिप्सनबिना साइकोट्रपिक औषधि बिक्री गरेको खुलेको हो।

यस्ता औषधि बिक्री गर्दा चिकित्सकीय सिफारिस र स्पष्ट अभिलेख अनिवार्य रहने व्यवस्था छ।

तर, प्रहरी प्रतिवेदनमा बोहरा मेडिकलको अभिलेख र औषधि कारोबार विवरण नमिलेको उल्लेख गरिएको विभागले जनाएको छ।

सोही आधारमा मेडिकलको दर्ता निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको हो।

अन्तिम निर्णय भने विभागको केन्द्रीय कार्यालयले गर्ने बताइएको छ।

यता, प्रकरणमा संलग्न मेडिकल सञ्चालक बोहरालाई हाल हाजिर जमानीमा रिहा गरिएको विभागले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.