
डडेल्धुरा : जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि अमरगढी नगरपालिकाले दोस्रोपटक कब्जा गरेको छ।
अमरगढी नगरपालिका–४ टुँडिखेलमा सम्पन्न १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा अमरगढीले २९ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो।

११ स्वर्ण, १५ रजत र १४ कास्यसहित परशुराम नगरपालिका दोस्रो हुँदा ७ स्वर्ण, ६ रजत र १८ कास्यसहित आलिताल गाउँपालिका तेस्रो बनेको छ।

अजयमेरु गाउँपालिकाले ५ स्वर्ण र भागेश्वर गाउँपालिकाले २ स्वर्ण पदक जितेका छन्।
गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन्।
प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प र मार्सल आर्ट्सलगायतका विधामा प्रतिस्पर्धा भएको थियो।





