बोहरा मेडिको सेन्टर

नेकपा एसको बैठक बस्दै, सरकारमा सहभागी हुने नहुने बारे टुंगो लाग्ने

dream cafe
learnar

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ।

मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्षसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो।

CNA
Bohora ma 1

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको जानकारी दिए।

यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट यसबारे टुंगो गर्ने बताइएको पनि पोखरेलको भनाइ छ।

‘हामीले उहाँ (माधव नेपाल) लाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ,’ पोखरेलले भने।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.