बोहरा मेडिको सेन्टर

शतप्रतिशत नतिजाले उचाल्यो आइन्स्टाइन स्कुल, सबैको ध्यान त्यतै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको खलङ्गामा रहेको आइन्स्टाइन पब्लिक स्कुल पछिल्लो समय अभिभावक र विद्यार्थीहरूको प्रमुख रोजाइ बन्दै गएको छ।

गुणस्तरीय शिक्षासँगै उत्कृष्ट शैक्षिक नतिजाले विद्यालयप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको हो।

CNA

नगरपालिका स्तरीय कक्षा ५ को बोर्ड परीक्षामा विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्दै आफ्नो शैक्षिक क्षमता प्रमाणित गरेको छ।

उक्त परीक्षामा सहभागी ३१ जना सबै विद्यार्थी उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका छन्।

२०७२ सालमा स्थापना भएको विद्यालयमा हाल मन्टेस्वरीदेखि कक्षा ७ सम्म अध्यापन भइरहेको छ।

विद्यालयका प्रिन्सिपल रामप्रसाद अवस्थीका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षा ८ समेत सञ्चालन गर्ने तयारी भइरहेको छ।

GBL NEW

विद्यालयमा डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी र कञ्चनपुर लगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन्।

गुणस्तरीय शिक्षाका कारण पछिल्लो समय अभिभावकहरूको आकर्षण निरन्तर बढिरहेको विद्यालयको दाबी छ।

विद्यालयले सरकारद्वारा तोकिएको न्यूनतम मापदण्डभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।

साथै, नियमित पठनपाठनसँगै शैक्षिक भ्रमण, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराइँदै आएको छ।

विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षणसमेत विद्यालयले गर्दै आएको छ। विद्यालयका सञ्चालक योगेशकुमार जोशीले यस वर्षको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिन सबै पक्ष सक्रिय रहेको बताए।

उनका अनुसार अनुशासित र लगनशील विद्यार्थी निर्माणमा विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

गुणस्तरीय शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापको संयोजनले आइन्स्टाइन पब्लिक स्कुल पछिल्लो समय अभिभावक र विद्यार्थीहरूको रोजाइ बन्दै गएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.