सामाजिक सञ्जालमा एमाले छोडेका गोरखबहादुर चन्द पुनः सक्रिय

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा देखिएको बिमतीका कारण सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरिएको घोषणा गरेका सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द पुनः एमालेमै सक्रिय रहने भएका छन्।

केही दिनअघि सामाजिक सञ्जाल फेसबुकबाटै एमाले छोडेको घोषणा गरेका उनले हिजो सामाजिक सञ्जालबाटै एमालेमा सक्रिय रहेने घोषणा गरेका हुन्।

Ird

छलफल र समीक्षाका क्रममा चन्दले एमालेका पोलिटब्यूरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री माननीय राजेन्द्र रावल, केन्द्रीय सदस्य तथा निवर्तमान उद्योग मन्त्री माननीय दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय सुरेन्द्र पाल, योजना आयोगका सदस्य डा. हिरा चन्दलगायत नेताहरूसँग विस्तृत संवाद गरेका थिए।

जिम्मेवार नेताहरूको आग्रह, सुझाव र पार्टीभित्रै समस्याको समाधान सम्भव भएको निष्कर्षपछि चन्दले आफू पुनः सकारात्मक ढंगले एमालेमा क्रियाशील रहने निर्णय गरेको बताएका छन्।

पार्टी छोड्ने घोषणा अघि उनले केन्द्रीय कमिटी सदस्य दामोदर भण्डारी र लिलाधर भट्टका बारेमा नानाथरी कुरा लेखेका थिए।

HARDIK AGRo NEw

र, यो पनि : 

लिलाधरलाई एमाले जिम्मा लगाउँदै गोरखबहादुर चन्दले पार्टी छाडे

बैतडीमा प्रतिनिधि छनोट विवादित, ‘लिलाधर–दामोदर’ गुटको सिकार बने गोरखबहादुर

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.