बोहरा मेडिको सेन्टर

बैतडीमा प्रतिनिधि छनोट विवादित, ‘लिलाधर–दामोदर’ गुटको सिकार बने गोरखबहादुर

dream cafe
learnar

डडेल्धुरा : बैतडीमा नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया सर्वसम्मत भन्दै सार्वजनिक गरिएको छ। तर, यो सर्वसम्मत भन्दा पनि धाँधली, गुटगत चलखेलको आरोप लागेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहाकार समिति सदस्य  तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले आफूलाई योजनाबद्ध रूपमा बाहिर राखिएको दाबी गर्दै नेतृत्वलाई नै कटाक्ष गरेका छन्।

CNA

उनले सर्वसम्मत प्रतिनिधि छनोट गरेको भनेपनि आफ्नो सहमति नरहेको र झोलेहरुलाई मात्रै छनोट गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा लगातार स्टाटस हाल्दै उनले लेखेका छन्, ‘आफ्नै बुवालाई बुवा नभन्ने स्वार्थका लागि केपी ओलीलाई बुवा भन्ने लिलाधर एण्ड दामोदर कम्पनीको छिट्टै हिसाबकिताब हुनेछ।’

लिलाधर भट्ट र दामोदर भण्डारी एमालेका केन्द्रीय कमिटी सदस्य हुन।

Bohora ma 1

चन्दले विगतमा पनि आफूलाई पार्टीबाट हटाउने षडयन्त्र भएको भन्दै प्रतिनिधिबाट आउट गर्ने कुरा त्यसकै निरन्तरताको रुपमा लिएको बताएका छन्। उनले निकट भविष्यमा ब्याजसहित असुल गर्ने धम्की दिएका छन्।

एमाले बैतडीले आजको बैठकबाट १५ जना प्रतिनिधि सर्वसम्मतरूपमा छनोट भएको जानकारी दिएको छ।

खुल्ला कलस्टरबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनौट गरिएको छ।

यस्तै महिला कलस्टरबाट धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनौट भएका उपाध्यक्ष भण्डारीले जानकारी दिए।

यस्तै दलित कलस्टरबाट नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनौट गरिएको छ।

यस्तै, युवा कलस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको एमाले बैतडीले जनाएको छ।

२०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा चन्दमाथि अन्र्तघात गरेको आरोप लागेकोे थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.